नेपाल आज वरियताको पहिलो देश पाकिस्तानसँग खेल्दै

नेपाल आज वरियताको पहिलो देश पाकिस्तानसँग खेल्दै

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण आजदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ । 

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ । नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ । यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ । भाद्र ५ गते खेलका लागि पाकिस्तान प्रस्थान गरेको नेपाली राष्ट्रि क्रिकेट टोली सतप्रतिशत ईफोर्टका साथ खेल खेल्ने जनाएको थियो । एसिया कप नेपालका लागि चुनौतीपूर्ण र एसिहासिक रहेको खेलका जानकारहरु बताउँछन् ।