एयरपोटबाट मुस्कुराउँदै पाकिस्तान लागे सन्दीप (फोटोफिचर )

एयरपोटबाट मुस्कुराउँदै पाकिस्तान लागे सन्दीप (फोटोफिचर )

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने उनका कानुनी  व्यवसायीले बताएका छन् । 

ज.ज.क.को कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।