के भयो सन्दीपको मुद्दा ? भोलि बिहान पाकिस्तान उड्ने तयारी

के भयो सन्दीपको मुद्दा ? भोलि बिहान पाकिस्तान उड्ने तयारी

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि बिहान पाकिस्तान जाने निश्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सन्दीप भोलि बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको छ ।  सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।

एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।