कांग्रेसबाट राणा, खतिवडा र चालिसे बने संसदीय समिति निर्वाचनमा उम्मेदवार

कांग्रेसबाट राणा, खतिवडा र चालिसे बने संसदीय समिति निर्वाचनमा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा विषयगत समिति सभापतिका उम्मेदवारको नाम टुंग्याएको छ । कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार रामहरि खतिवडालाई बनाएको छ । देउवाले समितिको सभापति बनाउने नै कानुन समितिबाट खतिवडा सुशासन समितिमा ल्याएका थिए । यस्तै अर्थ समितिको सभापतिमा काठमाडौँ– ३ बाट निर्वाचित सन्तोष चालिसेलाई कांग्रेसले उम्मेदवार बनाएको छ । नेता प्रकाशमान सिंहनिकट चालिसे दीपक खड्का र रामनाथ अधिकारीलाई पन्छाएर सभापतिको उम्मेदवार बन्न सफल भएका छन् ।

कांग्रेसका एक सांसदकाअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाइने छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणा समानुपातिक सांसद हुन् । संसदका संयुक्त र विषयगत गरी १२ कांग्रेसको भागमा चार समितिको नेतृत्व परेको छ । संसदीय सुनुवाइ समितिको सभापतिको उम्मेदवार बने कांग्रेसले टुंगो लगाइएको छैन ।