रास्वपाले पराजुलीलाई उद्योग समिति सभापतिको उम्मेदवार बनाउने

रास्वपाले पराजुलीलाई उद्योग समिति सभापतिको उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार निर्णय गरेको छ । रास्वपा सांसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार  बनाउने जानकारी दिए । संघीय संसदको दुई संयुक्त र १० वटा विषयगत समिति मध्ये रास्वपाले उद्योग समितिको सभापतिमा मात्र उम्मेदवारी दिने छ ।

समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डामा रास्वपा र राप्रपा समेटिएको छैन । उद्योग समितिमा जनमत पाटीले अब्दुल खानलाई अगाडि सारेको छ ।mसत्ता र प्रतिपक्षको समर्थनमा उम्मेदवार बनेका खानसँग रास्वपाका पराजुलीले प्रतिस्पर्धा गर्ने छन् । संसदीय समिति सभापतिहरुका लागि आज मनोनयनको समय तोकिएको छ ।