जोशीलाई संसदीय समितिको सभापति बनाउने नेकपा एसको तयारी

जोशीलाई संसदीय समितिको सभापति बनाउने नेकपा एसको तयारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी कार्यालयमा ८ः३० बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा संसदीय समितिका सभापति चयनबारे छलफल हुने नेताहरूको भनाई  छ । 

एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पाउने सत्ता गठबन्धनमा सहमति भैसकेको छ । सो समितिको सभापति कसलाई बनाउने भन्ने बैठकले निर्णय गर्ने बुझिएको छ । समितिको सभापतिमा बझाङका सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ । समितिको निर्वाचन भदौ ११ गते सोमबारलाई तय भएको छ ।