काठमाडौं । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको तथा हिन्दू मन्दिर अगाडी चर्च बनाएको विषयमा विवादित बनिरहेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नबिथोलियोस् भनेर स्थानीय प्रशासनले धरानमा शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको थियो । यही समयबीच धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बाहिरको मान्छे ल्याएर धरानलाई अशान्त बनाउन खोजेको बताएका छन् । उनले सामाजिक संजालमा सबै धर्म बरामर ठान्ने र सम्मान गर्ने लेखेका छन् ।
मेयर साम्पाङको स्टाटस जस्ताको त्यस्तैः
तिमी र म मा फरकः तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ ! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु ! तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ ! म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु !