काठमाडौ : इरानमा बेलायती राजदूत पक्राउ परेका छन् । युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा बेलायती राजदूत पक्राउ परेको बीबीसीले जनाएको छ ।
राजदूत पक्राउ परेको विषयमा बेलायतले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएको छ । राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको भन्दै बेलायतका विदेशमन्त्री डोमिनिक राबले कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएको हो । तर, इरानी सञ्चारमाध्यमले भने राजदूत मकेयरले सरकार विरोधी प्रदर्शनकारीलाई भड्काएको बताएका छन् ।