अप्टीमिस्ट इन्टरनेशनलको कार्यसमिति विस्तार हुदैं, विधान परिवर्तनका लागि छलपल सम्पन्न

अप्टीमिस्ट  इन्टरनेशनलको कार्यसमिति विस्तार हुदैं, विधान परिवर्तनका लागि छलपल सम्पन्न

काठमाडौं । अप्टीमिस्ट इन्टरनेशनलको नयाँ कार्यसमिति विस्तारको प्रक्रियामा छ । अप्टीमिस्ट कल्ब अफ काठमाडौंमा  अन्जना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति विस्तार भएको छ ।  त्यस्तै अप्टीमिस्ट क्लब अफ वाग्मतीमा  रोशन कुमार लोको अध्यक्षतामा कार्यसमिति विस्तार गरिएको छ । अप्टीमिस्ट क्लबहरुको कार्यसमितिको कार्यकाल १ वर्षको हुने गर्छ । हाल निर्वाचित भएका पदाधिकारीहरुको कामकाज अक्टोबर १ बाट सुरु हुने इन्टरनेशनलले जनाएको छ । 

यस्तै अप्टीमिस्ट नेपाल डिस्टीकको राष्ट्रिय भेला भदौ २९ र ३० गते हेटौंडाको एभोकाडा होटेलमा हुन गईरहेको छ । भेलामा अप्टीमिस्टको विधान, निर्देशिकालाई अन्तराष्ट्रिय अप्टीमिस्ट संस्था र नेपालको कानुनसँग नबाझिने गरी समसामयिक कार्यक्रम अन्तर्गत दुई दिने बैठक भक्तको डोरेश्वरमा सम्पन्न भएको ईन्टरनेशनलले जनाएको छ । उक्त बैठकमा राष्ट्रिय कार्यकारणी समिति ससदस्यहरुको उपस्थिति रहेको थियो । बालबालिकाहरुमा सकारात्मक सोचको विकास गर्न अप्टीमिस्ट ईन्टरनेशनलले काम गरिरहेको छ । 

अप्टीमिस्टको देशभर ५० भन्दा बढी क्लब रहेका छन् । इन्टरनेशनलले प्याबसन र एन प्याबसनको सहकार्यमा सकारात्मक शिक्षा लागि विद्यालयमा अध्यापनको लागि प्रक्रिया अगाडी बढाइरहेको छ ।