बाजागाजासहित स्वयम्भूमा ‘गुँला पर्व’ मनाइदैं

बाजागाजासहित स्वयम्भूमा ‘गुँला पर्व’ मनाइदैं

काठमाडौं । एक महिनासम्म चल्ने गुँला पर्व धुमधामका साथ चलिरहेको छ ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म चल्ने पर्व खास गरी नेपालमा बौद्धमार्गी र नेवार समुदाय मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।

बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यलगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् । पर्वको अवसरमा आज स्वयम्भूमा बाजागाजाका साथ भजनकीर्तनसहित परिक्रमा गरिएको छ ।

यो वर्ष साउन ३२ गतेदेखि सुरु भएको गुला पर्व यही भदौ ३० गते समापन हुन्छ ।