सन्दीपको मुद्दामा अदालतले दियो यस्तो आदेश

सन्दीपको मुद्दामा अदालतले दियो यस्तो आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।