काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच एक घण्टा बढी छलफल भएको छ ।
मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा भएको भेटमा ओली र रावलबीच देशको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको हो । नेता रावले लामो समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिए ।
उनले भने, 'हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ ।'
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल पार्टी काममा समेत सक्रिय छैनन् ।