बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक, मन्त्री फिर्ता बोलाउने तयारी

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक, मन्त्री फिर्ता बोलाउने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

बैठकमा पार्टीबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरु पनि सहभागी छन् । जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकमा माओवादीमा एकजना मन्त्रीलाई मात्रै फिर्ता बोलाउने कि अरु केहीलाई पनि फिर्ता गर्ने भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार चितवनबाट फर्केलगत्तै बालुवाटारमा बैठक बसेको हो ।