तिलक रामदामको तीज गीत 'मोहनी लगायो कानको झुम्काले' सार्वजनिक

तिलक रामदामको तीज गीत 'मोहनी लगायो कानको झुम्काले' सार्वजनिक

काठमाडौं । तिलक रामदामको तीज गीत 'मोहनी लगायो कानको झुम्काले' सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन ।  यस अघि उनको 'चकलेटी हिरो' बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन । 

अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।

गितको लिंकः https://youtu.be/dZO7S_ilKB4