मेट्स इन्टरनेशनल तालचोक शाखाको समुद्घाटन, परामर्शमा विशेष जोड

मेट्स इन्टरनेशनल तालचोक शाखाको समुद्घाटन, परामर्शमा विशेष जोड

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालीत मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज तालचोक शाखाको सोमबार एक कार्यक्रमका विच समुद्घाटन गरिएको छ । नेपालको लागि मुख्य कार्यालय काठमाडौँको पुतलीसडकमा रहेको मेट्सले केहि बर्ष अगाडी पोखरामा शाखा स्थापना गरेको थियो । पोखरामा रहेको शाखालाई स्थानान्तरण गर्दै तालचोकबाट आफ्नो सेवा शुरु गरेकोमा सोमबार औपचारीक रुपमा उद्घाटन गरिएको हो ।

शाखाको रिबन काटेर उद्घाटन गर्दै मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज नेपालका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले १७ वर्षदेखी निरन्तर रुपमा विदेशमा पढ्न जान चाहने विद्यार्थी र अभिभावकलाई परामर्श दिंदै आईरहेको बताउँदै भर्ना प्रक्रिया देखी भिसा प्रक्रियासम्म संख्यात्मक भन्दा पनि गुणात्मक तवरले सेवा प्रदान गर्दै आईरहेको वताए । आफनो स्थापनाका कालदेखि नै सहि र सत्य परामर्शलाई जोड दिदै आइरहेको र संस्थाले प्रदान गर्ने परामर्श र मार्गदर्शन कै कारण नेपाली विद्यार्थी र अभिभावकहरुका विच विश्वासको केन्द्र बन्दै आइरहेको उनले दावी गरे ।

उनले अष्ट्रेलीया, क्यानडा, बेलायत, अमेरीका, आयरल्याण्ड र न्यूजील्याण्ड लगायतका देशहरुमा पढ्न जान चाहने विद्यार्थीहरुका लागी ति देशहरुमा रहेका शिक्षण संस्थाहरुको शिक्षाको गुणस्तरीयता, सुरक्षा, पुर्वाधार र विद्यार्थीहरुले प्राप्त गर्न सक्ने अवसरहरुको अध्ययन गरेर मात्र विद्यार्थीलाई पठाउने गरेको वताए । उनले नेपालमा रहँदा मात्र नभएर विदेशमा पुगीसकेपछि पनि त्यहाँ रहेका साझेदार संस्थाहरुबाट समेत सेवा प्रदान गरिने जानकारी दिए ।

सोमबार नै प्रि–डिर्पाचर सेशन तथा सेमिनार सम्पन्न

यस्तै २०८० साउन २३ गते सोमबार नै क्यानडा अध्ययनका लागि भिजा लागेका बिद्यार्थीहरुलाई प्रि डिर्पाचर सेशन सम्पन्न गरेको छ । त्यसैगरी अष्ट्रेलिया र क्यानडा अध्ययन गर्न चाहने अन्य बिधार्थीहरुको लागी सेमिनार तथा परामर्श पनि सम्पन्न गरेको छ । रबि महल पोखरा–२७ डाँडाको नाकमा आयोजित कार्यक्रममा युनिभर्सिटी अफ क्यानडा वेस्टको नेपालका लागी सिनियर विजनेश डेभलपमेण्ट मेनेजर नेत्र कोईराला, क्यान्टबरी ईन्स्टिच्युट अफ म्यानेजेमेन्ट अष्ट्रेलियाका बजार व्यवस्थापक किरण खनालले भिजा प्रक्रिया देखी विभिन्न तयारी र उक्त देशमा पुगीसकेपछि अपनाउनुपर्ने प्रक्रियाको बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा भिसा प्राप्त गरि विदेश गईसकेको विद्यार्थीका अभिभावकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो 

विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि परामर्श दिँदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलिया, क्यानडा, युके लगायत युएसए, आयरल्याण्ड तथा न्युजील्याण्डमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई समेत परामर्श दिदै आइरहेको छ । एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवाहरु संचालन भईरहेको उनले बताए ।