दाजुको अस्तु सेलाउन गएका लोकेन्द्र आफैं बगे...

दाजुको अस्तु सेलाउन गएका लोकेन्द्र आफैं बगे...

काठमाडौं । दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता भएका छन् । बिहीवार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका लोकेन्द्रलाई नारायणीले बगाएको हो ।

रेमन्तका फुपूका छोरा ३२ वर्षीय लोकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएको चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तको उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएको थियो ।