मेट्स एजुकेशनका प्रवन्ध निर्देशक पाण्डेद्वारा अत्याधूनिक नयाँ कार्यालयको समुद्घाटन

मेट्स एजुकेशनका प्रवन्ध निर्देशक पाण्डेद्वारा अत्याधूनिक नयाँ कार्यालयको समुद्घाटन

काठमाडौं । मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस चितवनको नयाँ कार्यालय औपचारिकरुपमा शुभारम्भ गरिएको छ । मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले नयाँ कार्यालयको शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले विद्यार्थीहरुलाई अध्ययन र परामर्शका लागि सहज होस् भन्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको दावी गरेका छन् । उनले नयाँ कार्यालयको शुभारम्भसंगै विद्यार्थीहरुलाई सहज हुने उल्लेख गरे । विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको संस्थाले विद्यार्थीहरुको सेवा सुविधालाई ध्यानमा राखेर नयाँ कार्यालय संचालनमा ल्याएको मेट्स चितवनका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । 

६५ सालमा चितवनको सहिदचोक नारायणगढबाट शैक्षिक परामर्श सेवा शुरु गरेको मेट्स ईन्टरनेशनल एजुकेसन एन्ड भीषा सर्भिसेसले चितवन शाखाले मात्रै हजारौ विद्यार्थीहरुलाइ सेवा दिइसकेको छ । शुरूवातमा अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि परामर्श दिदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलिया, क्यानडा, युके लगायत युएसए, आयरल्यान्ड एवं न्युजिल्यान्ड अध्ययन गर्न जाने विद्यार्थीहलाई समेत परामर्श दिदै आइरहेको छ ।

मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले वि.स. २०६४ सालमा काठमाण्डौको पुतलीसडकमा मुख्य कार्यालय स्थापना गरि आफनो सेवा शुुभारम्भ गरेको थियो । भने २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शााखा चितवनमा स्थापना गरेको थियो । हालसम्म मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले विश्वभर नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो ब्यवसायीक संजाल फिजाइसकेको छ । वैदेशिक शिक्षा, परामर्श र प्रक्रियाको क्षेत्रमा मेट्सको नाम चर्चामा रहदैं आएको छ ।