३ महिनामा १ सय ६४ जना विदेशी विद्यार्थीलाई प्रवेश आज्ञा

३ महिनामा १ सय ६४ जना विदेशी विद्यार्थीलाई प्रवेश आज्ञा

काठमाडौँ । पछिल्लो समय नेपालमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीको संख्या बढ्दो क्रममा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार गत तीन महिनाको अवधिमा १ सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरिएको छ । 

मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो । सो अवधिमा ३१ हजार १ सय चार नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले जानकारी दिए । उच्चशिक्षाका लागि नेपालबाट दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ ।