राष्ट्रियसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक–२०८० टेबुल

राष्ट्रियसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक–२०८० टेबुल

राष्ट्रियसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक–२०८० टेबुल भएको छ ।  बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो । 

राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबुल गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।  राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।