भारतमा बस दुर्घट्ना, पन्ध्र जनाको मृत्यु्

भारतमा बस दुर्घट्ना, पन्ध्र जनाको मृत्यु्

काठमाडौ : भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरीले जानकारी दिएका छन् । दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बसमा झण्डै ५० जना यात्रु रहेका थिए । उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो । प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटन समेत भएका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालहरुमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अझै १८ देखि २० जना भित्र च्यापिएको अनुमान गरिएको छ, उनीहरुलाई जिवितै बाहिर निकाल्ने प्रयास भइरहेको प प्रहरी अधिकारीले बताए। दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली र मृतकका आफन्तमा समवेदना व्यक्त गर्नु भएको जनाइएको छ । उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।

त्यसैगरी उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतको घोषणा गर्नुभएको छ । उहाँले मृतकका परिवारजनलाई प्रति परिवार २ लाख रुपैया र घाइतेहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैया राहतको घोषणा गर्नुभएको हो ।रासस