काठमाडौँ उपत्यकामा भारी वर्षा, खोलाहरूमा बढी, सामाखुसीमा एक बालक बगायो

काठमाडौँ उपत्यकामा भारी वर्षा, खोलाहरूमा बढी, सामाखुसीमा एक बालक बगायो

काठमाडौँ । काठमाडौँ उपत्यका आसपास आइतबार भारी वर्षा भएको छ । साँझ भारी वर्षा हुँदा विष्णुमती, बागमती लगायतका नदीले सतर्कता तह पार गरेको तथा तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलेलाई रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता काठमाडौँको सामाखुसीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुसी बस्ने र पानी पोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो । उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ ।