ताइवानमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै

ताइवानमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै

काठमाडौं : ताइवानमा राष्ट्रपति चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । निर्वाचनसँगै आउने नयाँ नेतृत्वले चीनसँगको टापुको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । निर्वाच्नमा मुख्य रुपमा त्सै इन वङ र हान कुओ वुबीच चुनावी प्रतिष्पर्धा हुने बताइएको छ ।

दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेकी वङले चीनसँग नजिक नरहने मुद्धालाई अघि सारेकी छन् भने हानले चीनसँग बढ्दै गएको तनाव अन्त्य गरेर सम्बन्ध सुमधुर बनाउने एजेण्डा मतदातासामु राखेका छन् । दुई वर्षअघि त्सैको दलले स्थानीय निर्वाचनमा पराजय भोगेपनि राष्ट्रपतिय निर्वाचनमा अघि रहेको पर्यवेक्षकहरुले जनाएका छन् ।

शनिबार हुने निर्वाचनमा मतदान गर्न दश लाख नागरिकले नाम दर्ता गराएको अधिकारीहरुले जनाएका छन् ।स्वतन्त्र राज्य भएकाले ताइवान आफ्नै संवैधानिक व्यवस्था अनुसार सरकार, संविधान र सेनाको व्यवस्था गरेको छ । तर चीन १९४१ मा चिनियाँ गृहयुद्ध अन्त् भएसँगै यसमाथि सार्वभौमिकताको दावी गर्दै आएको छ । ताइवानलाई सार्वभौम राष्ट्रको मान्यता दिने कुनैपनि देशसँग कुटनीतिक सम्बन्ध राख्न चीनले अस्वीकार गर्दै आएको छ ।