एसिया प्यासिफिक क्षेत्रिय वकतृत्वकला प्रतियोगितामा नेपालकी सिजन कार्की विजयी

एसिया प्यासिफिक क्षेत्रिय वकतृत्वकला प्रतियोगितामा नेपालकी सिजन कार्की विजयी

काठमाडौं । अप्टीमिस ईन्टरनेशनल द्दारा विश्वव्यापीरुपमा आयोजना भएको एसिया प्यासिफिक क्षेत्रिय वकतृत्वकला प्रतियोगितामा नेपालबाट प्रतिनिधितव गर्दै काठमाडौंकी सिजन कार्की प्रथम भएकी छिन् । ईपीएस स्कुल, मिनभवनमा कक्ष १० मा अध्ययनरत छात्रा कार्की करिब १५ राष्ट्रहरुबीच भएको प्रतिष्पर्धामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । उनले क्षेत्रिय प्रतियोगितामा प्रथम भई ५ हजार अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेकी छिन् । ययसअघि नेपाल प्रथम भई क्षेत्रिय प्रतियोगितामा प्रतिनिधित्व जनाएकी कार्कीले नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा पनि २५०० अमेरिकी डलर राशीको प्रथम पुरस्कार हासिल गरेकी थिईन् । यो पुरस्कार अन्तराष्ट्रिय संगठनहरुले नै प्रदान गर्ने गर्दछन् । 

प्रतियोगितामा सहभागिता जनाउँदै सिजन:

  यो सँगै कार्की अब विश्वव्यापी प्रतियोगितामा नेपालसँगै एसियाको तर्फबाट सहभागिता जनाउने छिन् । विश्व प्रतियोगिताको विजय राशी २५ हजार अमेरिकी डलर रहेको छ ।  जसको नेपाली मुल्य करिब ३२ लाख रुपैंया भन्दा बढी हुन आउँछ ।  क्षेत्रिय प्रतियोगिता अनलाईन माध्यमबाट सम्पन्न भएको थियो । अप्टीमिस ईन्टरनेशनल परोपकारी संस्था हो । यसको स्थापना सन् १९१९ मा अमेरिकामा भएको हो । हाल नेपालमा यसको ४८ वटा कल्बहरु स्थापना भएका छन् । ईन्टरनेशलको नेपाली शाखाका गर्भनर पृथ्वीराज थापा रहेका छन् । त्यस्तै लेप्टीनेन्ट गर्भनर ऋषिश्वर थपलिया रहेका छन् । ईन्टरनेशनलले बालबालिका र युवा क्षेत्र वर्गको सकरात्मक सोच विकासका लागि काम गर्दै  आएको छ ।