अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाा अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतमा जारी जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा.महत कुनबीच भेटवार्ता भएको हो । उनीहरुको बीचको वार्तामा आपसी सम्बन्धमा विविध विषयमा छलफल भएको थियो । 

अर्थमन्त्री महतको सचिवालयको अनुसार एकअर्काको चासोप्रति दुवै मन्त्रीहरुको समान धारणा रहेको थियो । सन् २०१९ मा नेपालमा भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि द्ुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाईएको छ । 
उक्त भेटका अवसरमा मन्त्री डा महतले नेपाल र चीनबीचका महत्वपूर्ण सीमा नाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।

सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गे ।