दक्षिण कोरियामा बाढीले ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

दक्षिण कोरियामा बाढीले ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखिको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोमा परी कम्तीमा ३९ जनाको ज्यान गएको छ ।

बाढीले दर्जनौँ नागरिकको ज्यान लिएर ठूलो क्षति गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उद्धार र पुनःस्थापनाका लागि सकेजति सबै प्रयास गर्न निर्देशन दिएका छन् ।

मृत्यु हुनेमा सोमबार उत्तरी चुङचेओङ प्रान्तका १३ जना थपिएका हुन् । युक्रेनको भ्रमणपछि सियोल फर्केका राष्ट्रपति योलले प्रकोपको प्रतिक्रियाका लागि अन्तर एजेन्सी बैठक बोलाउँदै अधिकारीहरूलाई सबै प्रयास गर्न भनेका हुन् ।

ग्रीष्मकालीन मनसुन सिजनको उच्च विन्दुमा रहेको दक्षिण कोरियामा जुलाई ९ देखिको भारी वर्षाले जनजीवन प्रभावित भएको छ ।