सरुवाको पत्र लिन नमानेपछि आक्रामक रुपमा प्रस्तुत भए : मन्त्री बस्नेत

सरुवाको पत्र लिन नमानेपछि आक्रामक रुपमा प्रस्तुत भए : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् ।

त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि सरुवाको चिठी नबुझेको भनेर सुन्न नपरेको मन्त्री बस्नेतको भनाइ छ । आजको राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले उल्लेख गरेका हुन् । कतिपयले सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्री बस्नेतले बताए ।

उनले डोल्पाको मान्छे काठमाडौं आएर १० वर्ष बसिसकेको र सरुवा गर्दा पनि जान नमानेको उदाहरण दिए ।