समाजवादी मोर्चाले सातै प्रदेशमा आमसभा गर्ने,  ४ सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चाले सातै प्रदेशमा आमसभा गर्ने,  ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा आमसभा गर्ने भएको छ । मोर्चा गठन भएको २३ दिनपछि बसेको पहिलो बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको हो । 

साथै मोर्चाको पहिलो बैठकले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन भएको हो । 

यस्तै हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि आजको बैठकमा छलफल भएको छ । ६-६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने एकीकृत  समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।