ओमिक्रोनका कारण एयरलाइन्स कम्पनीद्वारा हजारौं उडान रद्द

ओमिक्रोनका कारण एयरलाइन्स कम्पनीद्वारा हजारौं उडान रद्द

काठमाडौं । अहिले विश्वभर नै कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ त्रास उच्च छ ।  दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन अहिले अमेरिका र युरोपियन मुलुकहरुमा तीव्र गतिमा फैलिँएको छ । 

ओमिक्रोनको संक्रमणलाई ध्यानमा राख्दै एयरलाइन्स कम्पनीहरूले हजारौं उडान रद्द गरेका छन् ।

क्रिसमस र नयाँ वर्षको बिदा मनाउन यात्रा गर्नेहरुका लागि एयरलाइन्स कम्पनीहरुले उडान रद्द गरेको बीबीसीले जनाएको छ । 

समाचारका अनुसार शुक्रबार मात्रै करिब २ हजार ४ सय उडान रद्द भएको हो । त्यस्तै शनिबार पनि २ हजार ३ सयभन्दा बढी उडान रद्द गरिएको थियो । शनिबार रद्द गरिएका उडानहरूमध्ये ८०० भन्दा बढी अमेरिकी एयरपोर्टमा अवतरण वा उडान गर्ने तालिका थिए । 

फ्लाइटअवेयर नामक वेबसाइटका अनुसार आइतबार पनि सयौं उडानहरू रद्द हुनेछ । उडान सञ्चालनका लागि आवश्यक स्वस्थ्य व्यक्तिको अभाव भएको र आफ्ना कर्मचारीलाई पनि संक्रमणको चपेटामा परेको वायुसेवा कम्पनीहरूले बताएका छन् । 

युरोपमा ओमिक्रोन भेरियन्टको फैलावट रोक्नको लागि विदेशी उडानहरू कम गरिएको जनाइएको छ। 

ओमिक्रोन त्रासका बारेमा बाहिर फैलिएजस्तो उच्च जोखिम नभएको प्रारम्भिक अनुसन्धानले जनाएको छ । यो भाइरस कोरोनाको दोस्रो भेरियन्ट डेल्टा भेरियन्टभन्दा कम जोखिमपूर्ण रहेको तर तीव्र संक्रमणले विज्ञहरूको चिन्ता बढाएको छ ।