एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

बुटवल । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत यादव बस्दै आएको सरकारी निवास क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी केही दिनअघि मात्रै कारवाहीमा परेका थिए । 

अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको बुझिएको छ ।