दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आम सञ्चारमाध्यमले सत्य कुरा बोल्ने आट गर्नुपर्ने भन्दै अराजकताको विरुद्धमा सबै क्षेत्रमा आवाज उठ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले देशलाई जनमतभन्दा बाहिरबाट चलाउने भएको भन्दै यसको विरुद्धमा आम सञ्चारमाध्यमले कलम चलाउन जरुरी भएको बताए ।
उनले संचारम माध्यमले स्वतन्त्र अस्तित्व कायम गर्न नसकेको भन्दै राष्ट्रिय र सामाजिक विषयमा सत्य बोल्नुपर्ने धारणा व्यक्त गरे ।
सामाजिक अराजकताको अन्त्य नहुँदासम्म समृद्ध र खुसी नेपाल बन्न नसक्ने भन्दै महासचिव पोखरेलले उनले भने, ‘सामाजिक अराजकताको विरुद्धमा सबै क्षेत्रमा आवाज उठ्न जरुरी छ ।’
जसका विरुद्ध लड्न माओवादीले एमालेको साथ लिएको थियो, अहिले उसैसँग मिलेर सरकारको नेतृत्व गर्नु जनमतको अपमान गर्नु भएको दावी गरे । अहिले देखिएको धुब्रिकरण अन्त्य गर्दै बलियो राज्य बनाउन आमसञ्चारको भूमिका आवश्यक भएको बताए ।