इन्द्रेणी कम्प्लेक्समा आगलागी, २ करोड बढीको क्षति

इन्द्रेणी कम्प्लेक्समा आगलागी, २ करोड बढीको क्षति

काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । उक्त कम्प्लेक्सको जीम सेन्टर रहेको हलमा आज अपरान्ह ३ बजेतिर आगलागी भएको हो । आगलागीका कारण जीम सेन्टरमा भएका सामानहरु जलेका छन् । 

आगलागीका कारण दुई करोड बढीको क्षति भएको सञ्चालकलाई उदृत गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए । 

सडक छेउमै भएका कारण काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ । 

आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थल पुगेर करिव एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । सो जीम हलमा भएको इन्भटरमा आगलागी भएपछि आगो फैलिएको प्रहरीेको प्रारम्भिक अनुमान छ ।