एमाले विघटन हुँदैछ : रामकुमारी झाँक्री

एमाले विघटन हुँदैछ : रामकुमारी झाँक्री

जनकपुरधाम । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेकपा एमाले विघटनको अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी रहेकाले विघटनको अवस्थामा पुगेको उनको टिप्पणी छ । 

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले एमाले विघटन हुने र नेकपा नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँमा लैजाने धारणा व्यक्त गरिन् । मन्त्री झाँक्रीले एमाले विघटन भएसँगै एकीकृत समाजवादी पार्टी थप मजबुद र बलियो बन्दै जाने तर्क पनि गरिन् । 

मन्त्री झाक्रीले चितवनमा एमालेले गरेको १० औँ महाधिवेशनले विधान सम्मेलनलाई लत्याउँदै अनवश्यक भीड मात्रै जम्मा गरेको उल्लेख गर्दै उनले सही विचार, संगठन रुपान्तरण गर्नबाट पार्टी असफल भएको बताई । 

ओलीले पार्टीमा राजनीतिक समीक्षा, संसद विघटन संवैधानिक वा असंवैधानिक लगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय समवेदना नभएका अमानवीयहरुको भीड जम्मा गरेको आरोप लगाईन ।

प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको एमालेले रचनात्मक भूमिका प्रस्तुत गर्न नसकेको पटक पटकको संसद अवरोधबाट स्पष्ट हुने पनि बताईन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक संसद विघटन गरेका कारण पार्टी लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संसदीय व्यवस्थाप्रति प्रतिवद्ध नरहेको स्पष्ट देखिने उनले बताईन् ।

ओलीले संसद विघटन गरेपछि त्यसको पुनस्थापना र रक्षाका लागि पार्टीभित्र नै आफूहरुले विद्रोह गर्न बाध्य भएको समेत बताईन् ।