उपमहासचिव ज्ञवालीलाई कोरोना सङ्क्रमण

उपमहासचिव ज्ञवालीलाई कोरोना सङ्क्रमण

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवार सामाजिक सञ्जालमा ट्वीट गर्दै ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

उनले आफूलाई कोरोनाको लक्षण पनि देखिएको उल्लेख गरेका छन् । उनले पछिल्लो चार पाँच दिनयता आफ्नो सम्पर्कमा आएकालाई पनि कोरोना परीक्षण गराउन सामाजिक सञ्जालमार्फता आग्रह गरेका छन् । 

उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । पछिल्लो चार÷पाँच दिनदेखि मेरो नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गर्दछु ।’​