पत्रकारमाथिको दुर्व्यवहार निन्दनीय : महासंघ

पत्रकारमाथिको दुर्व्यवहार  निन्दनीय : महासंघ

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथि माथि भएको दुव्र्यव्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ।

हाल नेतृत्व चयनका लागि मतदावन प्रक्रिया चलिहेको अवस्थामा मतदानको फोटो खिच्न मतदान स्थल जाने क्रममा प्रहरी र निर्वाचन समितिका सदस्यले पत्रकारमाथि रोक छोक गर्दै दुर्व्यवहार गरेका थिए । 

पत्रकारलाई समाचार संकलनका लागि रोक छेक गर्नु नै निन्दनीय  भएको भन्दै  प्रेस स्वतन्त्रतामाथिको ज्यादति भएको महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि पत्रकारहरूले राष्ट्रियसभा गृहको प्रवेशद्वार नजिकै भुइँमा क्यामरा राखेर विरोध जनाएका थिए ।