राष्ट्रिय सभागृह अगाडि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवक पक्राउ

राष्ट्रिय सभागृह अगाडि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवक पक्राउ

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान प्रक्रिया भइरहेको छ । सोही क्रममा मतदान गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सभापति देउवाले राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँने क्रममा युवकले उनीविरुद्ध नारा लगाएका थिए ।  सोही कारण प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेको केही बेरमा युवकलाई छोडेको थियो ।