सिमा मिचेको विरोधगर्ने विप्लवका कार्यकर्ता पक्राउ

सिमा मिचेको विरोधगर्ने विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौ : भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् । पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए ।

पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको बताइएको छ ।