अर्थमन्त्रालयका शाखा अधिकृतले डेढ करोड बढी भ्रष्टाचार गरेकाे आरोप

अर्थमन्त्रालयका शाखा अधिकृतले डेढ करोड बढी भ्रष्टाचार गरेकाे आरोप

काठमाडौं । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वबप्रसाद थपलियाले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोप छ । उनले ३५ वर्ष सरकारी सोवामा रहँदा अकुत सम्पत्ति आर्जेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ६४ लाख ८९ हजार विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम सजायको व्यवस्था गर्न माग दावी लिइएको छ । सार्वजनिक सेवाको पदमा रहेर थपलियाले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

२०४० फागुन ६ गते सरकारी सेवामा प्रवेश गरेका थपलिया २०७५ चैत ३० मा अवकास प्राप्त गरेका थिए । यो अवधिसम्ममा उनको वैध आय १ करोड २ लाख ८२ हजार हुनुपर्नेमा उनले २ करोड ६७ लाख ७१ हजार खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

थपलियाले आयभन्दा १ करोड ६४ लाख ८९ हजार बढी सम्पत्ति गैर कानुनीरुपमा आर्जन अख्तिायरको आरोप पत्रमा उल्लेख छ ।