नेकपा एमाले सर्वाेच्चबाट पीडित पार्टी हो : प्रदीप ज्ञवाली

नेकपा एमाले सर्वाेच्चबाट पीडित पार्टी हो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी सर्वोच्च अदालतबाट पीडित भएको बताएका छन् । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी न्यायलयबाट पीडित पार्टी हो ।’ 

उपमहासचिव ज्ञवालीले एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको भन्दै न्यायालयले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट कत्ति पनि विचलित नभइ न्यायालयमा हुने विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने दावी गरे । 

उनले अदालतभित्रको विवाद न्यायाधीशबीचका दुई गुटको झगडा जस्तो भएको टिप्पणी पनि गरे । व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि दावी गरे । 

उनले भने, ‘अहिलेको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला,’ उनले भने, ‘कतिपय वरिष्ठ कानून व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छायाजस्तो बनाउन सकिएला ।’