महाधिवेशनपछि राप्रपाको पहिलो बैठक सुरु, कमल थापालाई बोलाइएन

महाधिवेशनपछि राप्रपाको पहिलो बैठक सुरु, कमल थापालाई बोलाइएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । 

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि यो पहिलो बैठक बसेको हो । तर बैठकमा अध्यक्ष पराजित कमल थापालाई भने बोलाइएको छैन । अन्य निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले भने बैठकमा सहभागिता जनाएका छन् । 

महाधिवेशनमा पराजित भएपछि अध्यक्षको प्रत्यासी कमल थापाले महाधिवेशनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

सोही विषयमा छानविनका लागि आजको बैठक डाकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुमध्ये केहीले निर्मल निवासको हस्तक्षेप छानबिन गर्न कमिटी बनाउनुपर्ने माग समेत गरेको बुझिएको छ । हाल बैठक जारी छ ।