हेलिकोप्टर दुर्घटनामा परी भारतीय रक्षा प्रमूख रावत चिन्ताजनक, जलेकाे अवस्थामा ११ जनाको शव भेटियो

हेलिकोप्टर दुर्घटनामा परी भारतीय रक्षा प्रमूख रावत चिन्ताजनक, जलेकाे अवस्थामा ११ जनाको शव भेटियो

नयाँ दिल्ली । भारतीय सेनाध्यक्ष विपीन रावतसहित भारतीय सेनाका १४ जना सैनिक सवार ‘एमआई–१७ बी ५’ हेलिकोप्टर दुर्घटनामा परेको छ ।

दुर्घटना रक्षाध्यक्ष रावत चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका छन् भने अन्य ११ जनाको शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् । रावतलाई वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ । 

हेलिकोप्टर तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार स्थानीय समयअनुसार दिउँसो १२ बजे दुर्घटना भएको थियो । फेला परेका शवको अधिकांश भाग जलेको अवस्थामा फेला परेको छ । 

रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । 
हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावत तथा उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स–आईएएफको हेलिकप्टरमा सवार थिए । सुलुरस्थित आर्मी बेसबाट स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा हेलिकप्टर उडेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।