भारतमा एकैदिन ४ बाट २१ पुगे ओमिक्रोन संक्रमित

भारतमा एकैदिन ४ बाट २१ पुगे ओमिक्रोन संक्रमित

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ ।

यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ । विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ ।

पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ । विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘यो भेरियन्टले डेल्टालाई पछि पार्न सक्छ किनभने यो पछिल्लो भेरियन्टको तुलनामा बढी संक्रामक छ ।’

कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।