कोरोना अपडेटः ३१६ जना नयाँ थपिए, २५९ जना संक्रमणमुक्त

कोरोना अपडेटः ३१६ जना नयाँ थपिए, २५९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर १२ हजार ७ सय २७ मा गरिएको नमूना परीक्षणका क्रममा ३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै सोही समयमा देशभर २५९ जना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको हो ।

हाल नेपालमा ६ हजार ९ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

काठमाडौं उपत्यकामा आज मात्रै १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ११९ जना, ललितपुरमा २९ जना र भक्तपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।