एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा यी नेता निर्विरोध निर्वाचित

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा यी नेता निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

एमाले अध्यक्ष, उपाध्यक्ष, सचिवमा भने चुनाव हुने भएको छ । ती पदका लागि आकांक्षीहरूले उमेदवारी दर्ता गराएका छन् । आज राति ९ बजेपछि मतदान हुने भएको छ ।