केपी ओली र भीम रावलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

केपी ओली र भीम रावलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओली र रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । 

सहमतिमा नेतृत्व छान्ने ओलीको प्रस्ताव अस्विकार गर्दै रावल अध्यक्षमै निर्वाचन लड्न लागेका हुन् ।  यससँगै अध्यक्षमा ओली र रावलबीच प्रतिष्पर्धा हुने भएको छ ।