भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, नेपालमा त्रास

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, नेपालमा त्रास

काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । नयाँ भेरियन्ट फैलिएको दक्षिण अफ्रिकाबाट हालै भारतको कर्नाटक आएका ९४ जनामा परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।

कोरोनाको नयाँ भेरियन्टका कारण यतिबेला विश्वभर त्रास देखिएको छ । कोभिडको नयाँ भेरियन्टबाट जोगिने विषयमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले शनिवार बैठक गरेका छन् ।

बैठकले अन्तर्राष्ट्रिय एयरपोर्टमा कोरोना परीक्षण तीब्र बबनाउने निर्णय गरेको छ । विदेशबाट फर्केर कोरोना नेगेटिभ आएका व्यक्तिलाई मात्रै शहरमा प्रवेश गर्न दिइने निर्णय समेत भएको छ । नेपालमा पनि नयाँ भेरियन्टको त्रास बढेपछि आजै सीसीएमसीको बैठक बस्दैछ ।