नेकपा एमाले ‘ओली बा’ भन्नेहरुको मात्रै हो : नेपाल

नेकपा एमाले ‘ओली बा’ भन्नेहरुको मात्रै हो : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले ‘ओली बा’ भन्नेहरुको मात्रै भएको दावी गरेका छन् । 

शनिबार नेकपा (एकीकृत समाजवादी)को गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राम्रो विचार भएकाहरुलाई एमालेमा ठाउँ नरहेको भन्दै जसले ओलीलाई ‘बा’ भन्छन् उनीहरुको मात्रै भविष्य राम्रो भएको धारणा व्यक्त गरे । 

अध्यक्ष नेपालले एमालेमा भुत्ते विचार बोकेर कम्युनिस्ट पार्टी नचल्ने टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीति गरेको भन्दै भुत्ते विचारले पार्टी अघि नबढ्ने धारणा पनि व्यक्त गरे ।