नेपाली कांग्रेस दाङको सभापतिमा चार जनाको उम्मेदवारी

नेपाली कांग्रेस दाङको सभापतिमा चार जनाको उम्मेदवारी

दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा जनाले उम्मदवारी दिएका छन् । 

भोलि हुन लागेको जिल्ला अधिवेशनमा सभापतिका लागि शंकर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगीले उम्मेदवारी दिएका हुन् ।

सभापतिमा उम्मेदवारी दिएकामध्ये शंकर डाँगी संस्थापनइतर पक्षका हुन् भने अन्य संस्थापन पक्षका । 

भोलि हुने जिल्ला अधिवेशनमा कुल २ हजार १९२ मतदाता छन् । यीमध्य पुरुष मतदाताको संख्या १ हजार ५११ र महिला मतदाता संख्या ६८१ रहेको छ ।