केपी ओली नेतृत्वले नेपाललाई ठूलो गुण लगाए, त्यसैले जनताले सम्झिरहने छन् : थापा

केपी ओली नेतृत्वले नेपाललाई ठूलो गुण लगाए, त्यसैले जनताले सम्झिरहने छन् : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेको सरकारलाई नेपाली जनताले सदैव सम्झिने बाटो बनाएको बताएका छन् । 
चितवनमा आयोजित नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेसनको उद्घटन सभालाई सम्बोधन गर्दै थापाले ओली सरकारको पालामा नै लिपुलेक–लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संस्थागत गरेर नेपालीलाई गुण लगाएको बताए ।

त्यस्तै ओलीकै पालामा मधेसमा देखापरेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीसँग वार्ताका माध्यमबाट रोक्ने काम गरेको उल्लेख गरे । उनले भने, ‘ओलीकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमाको रक्षाको निमित्त प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनुभयो ।’

अहिले देश संकटको भूमरीमा परेको भन्दै अध्यक्ष थापाले २०६३ साल यताको राजनीतिक परिवर्तनको गम्भीर समीक्षा हुने अपेक्षा लिएको बताएका छन् । उनले भने, ‘२०६३ सालको राजनीतिक परिवर्तनपश्चात् दिगो शान्ति, स्थायित्व र शान्तिको गभ्मीर रुपमा समक्षा गर्नुहुनेछ भन्ने आशा र विश्वास लिएको छु ।' उनले नेपालमा अहिले बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढेकाे धारणा व्यक्त गरे ।