वर्षमान पुनलाई थप उपचारका लागि चीनको लगियो, के भएको हो उनलाई ?

वर्षमान पुनलाई थप उपचारका लागि चीनको लगियो, के भएको हो उनलाई ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ । विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत थिए । ​

पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए । नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने चापागाँईले जानकारी दिए । 

​समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए ।