प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  प्रधानमन्त्री निवाससम्म असन्तुष्ट पक्षको मार्चपास

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  प्रधानमन्त्री निवाससम्म असन्तुष्ट पक्षको मार्चपास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज सर्वाेच्च अदालतका असन्तुष्ट न्यायाधीसहरुसहित नागरिक समाजले मार्चपास गरेको छ । नेपाल बार एसोसिएशनसहित पेसागत सङ्गठनले सिंहदरबारदेखि बालुवाटारसम्म ‘न्याय मार्च’ गरेका हुन् । 

नागरिक समाजको अगुवाइमा कानून व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणसहितको सहभागीता थियो । झन्डै दुई महिनादेखि आन्दोलनरत नेपाल बारलाई अन्यले पनि साथ दिएका थिए । 

उनीहरूले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गरेका छन् । सिंहदरवारदेखि सुरु भएको मार्चपास बालुवाटार पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा भागबण्डा खोजेको कानून व्यवसायीहरु आन्दोलनमा छन् ।